ओसेनिया एजुकेशन एन्ड भिषा सर्भिसेजले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रमलाई अस्ट्रेलियाका अन्य शहरहरुमा समेत आकार फैलाउने क्रममा पर्थमा सेवा प्रारम्भ गरेको छ । पर्थको मुर्रे स्ट्रीटमा सोमबार देखि सन्चालनमा ल्याइएको ओसेनिया एजुकेशन पर्थले नेपाली विध्यार्थीहरुलाई गसणस्तरिय अध्यागमन तथा शैक्षिक सेवा प्रदान गर्ने लक्ष्य बोकेको ओसेनियाका कार्यकारी प्रमुख सन्दिप खनालले बताए । विध्यार्थीहरुको आकर्षक शैक्षिक गन्तब्य बनेको अस्ट्रेलियन बिभिन्न शहरहरुमा अवस्थीत बिश्वबिद्यालय र कलेजहरुमा नेपालीहरुको उल्लेख्य उपस्थीती बढिरहेको प्रसंगमा ओसेनियाले पनि आफ्नो सेवालाई बिस्तार गर्नेक्रममा पर्थमा यसको शाखा खोलिएको खनालले बताए । काठमाडौ र चितवनमा कार्यालय रहेको ओसेनियाको सीड्नीमा टाउनहल र पारामाटामा गरी दुइवटा कार्यालय रहेका छन । अस्ट्रेलियाका बिभिन्न शहरहरुमा नेपाली तथा दक्षिण एशियाली विध्यार्थीहरुको महत्व बढिरहेको बेला हामीले आफ्नो गुणस्तरिय सेवालाई अन्इ शहरहरुमा पनि पुरयाउनुपर्छ भन्ने सोचका साथ स्थानिय नेपाली समाजका अगुवा खेलप्रेमी सुवास श्रेष्ठको अगुवाइमा पर्थ शाखा खोलिएको ओसेनियाका कार्यकारी निर्देशक भुपाल सिटौलाले सुनाए । सीटौलाले भने, हामी पेशामा इमादारीता र सेवामा प्रभावकारीताको मुल्य र मान्यतालाई अगाडि बढाएर ओसेनियाको ब्रान्डलाई अस्ट्रेलियाभर फैलाउने अभियानमा लागेका छौ,त्यसैको प्रयासस्वरुप पर्थमा हामी अहिले पुगको हौ,सिटौलाले भने । एनआरएन अभियन्ता समेत रहेका पर्थका जुझारु ब्यक्तीत्व सुवास श्रेष्ठले नेपाली विध्यार्थीहरुको सहज पहुँंचको लागि यस अभियानमा आफु सरिक भएको बताए । ओसेनियाका कार्यालय प्रमुख महेश सिंहले बिध्यार्थीहरुको गुणस्तरिय सेवानै पहिलो प्राथमिकता भएको बताए । शाखाको उदघाटन अवसरका पर्थका नेपाली समाजका अगुवाहरु भैरव ढकाल, एनआरएन ओसेनिया युवा संयोजक राज थपलिया, जनसम्पर्क समिती पर्थका संयोजक दिपक पराजुली लगायतको उपस्थीती रहेको थियो । पर्थ निर्देशक डेल श्रेष्ठको नेतृत्वमा प्रीयंका कुवर, दुर्गा कुवंर , दिपीका ताम्राकार, इन्दिरा कडेंलले पर्थ ओसेनियालाई अगाडि बढाउने कुरा कार्यक्रममा जानकारी दिइएको छ ।