विदेश

मेलवर्नमा हुन्डीवाल पवनको बिगबिगी

By Bala Adhikari

May 18, 2021

मन न्यौपाने

नेपाल पैसा पठाउने हुन्डी व्यबशायीद्धारा लेनदेनका नाममा अस्ट्रेलियाका नेपाली विध्यार्थी र समुदायमाथी ठगीका घटनाक्रम बढन थालेपछि यसको चियोचर्चो हुन थालेको छ । पैसा ओसार पसारका नाममा नेपालीहरुलाई ठगी गर्नेलार्ई कारबाहीको दायरामा ल्याउनुपर्ने माग स्थानिय पीडित नेपाली विध्यार्थीहरुले गरेका छन । बिषेशगरी मेलवर्न र तास्मानियामा यस्ता ठगिका घट्नाहरु एकाएक बृद्धी भएपछि स्थानिय एनआरएन लगायतले पनि यस बिषयमा मुख खोलेको थियो । यसमा एक संल्गन एक ब्यक्ती प्रहरीको फन्दामा परेपछि केहि सेलाएको मेलवर्नमा फेरी हुन्डीको आतंक बढन थालेको छ । सामाजिक सन्जालमा खुलेआम नेपालका केहि बैंकहरुसँंग आवद्धता रहेको र लिगल भन्दै हुन्डीवालले सर्वसाधारणलाई झुक्याइरहेका छन । हाल मेलवर्नमा रहेका पवन शाहले पनि खुलेआम हुन्डी चलाइरहेका छन । उनले यहाँं उठाएको पैसा नेपाल पुग्छ की पुग्दैन त्यो भने सर्वसाधारणलाई थाहा हुदैन ।  पवन शाह यसअघि निकै बिवादमा मुछिएका ब्यक्ती हुन , यीनीविरुद्ध पनि पैसा उठाएको ,समयमा नदिएको र केहिको हडप समेत पारेको आरोप रहेको छ ।

अस्ट्रेलियामा मनी ट्रान्सफर लिगल भएकोले यहाका हुन्डीवालहरु प्रशासनको आखामा छारो हालेर खुलेआम हुण्डी कारोवारी, सटही, सापटी लगायतका विभिन्न धन्धा गर्दै आएका छन । यसअघि नेपाली राजदूतावासमा समेत हुन्डी पीडितहरुले व्यक्तीको नामै किटेर आवेदन कारबाहीको लागि आवेदन दिएका थिए । पैसा ओसार पसार तथा हुण्डी कारोबारी बिरुद्ध कडा कारबाहीका लागि नेपाल र अस्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारिस गरीने समेत दुतावासले जनाएको छ । नेपाल राष्ट्र बैंकका सम्पत्ति शुद्धीकरणसम्वन्धी बिज्ञले बैठकमा बोल्दै यस विषयमा सप्रमाण उजूरी दिएमा नेपालबाटै कारबाही गर्न सकिने बताएपनि राजदुतावासले अझसम्म हुन्डीविरुद्ध कुनै कदम चाल्न सकेको छ्रैन । नेपालसम्म जालो बुनिएको हुन्डी अहिले डलर यतै बुझाएर भारतको सीलगुढीका मारवाडी मार्फत नेपाल भित्रिदै आएको छ ।