– माया पन्त
जाजरकोट, भदौ २६ । जाजरकोट जिल्लामा अस्पताल तथा स्वास्थ्य संस्था भन्दा घरैमा असुरक्षित रुपमा सुत्केरी हुने महिलाको संख्यामा अझै पनि कमी आउन सकेको छैन । त्यहाँका ६० प्रतिशत भन्दा बढी महिलाहरु स्वास्थ्य संस्था नगई घरमा नै सुत्केरी हुने गरेका हुन् । आठ दिन अगाडि घरमै सुत्केरी भएकी त्रिवेणी नलगाड नगरपालिका १, ठुलाबगरकी २० बर्षीय कल्पना पुनको ज्यान जोगाउन चिकित्सकलाई हम्मेहम्मे परेको थियो । पुनलाई सासु आमा तिला पुनले अस्पताल लानुको साटो घरमै असुरक्षित तवरले जवरजस्त सुत्केरी गराएकी थिइन । सासु आमा तिलाले पहिलो पटक सुत्केरी भएकी कल्पनाले जन्माएको शिशुको नाभी काट्न ह“सियाको प्रयोग समेत गरिन् । बुहारीलाई घरमै जबरजस्त सुत्केरी गराउने तिलास“ग निरन्तरको रक्तश्राव रोक्ने उपाय भने थिएन । सुत्केरी भएको ८ दिनसम्म रक्तश्राव नरोकिए पछि आमा लिला रानाले कल्पनालाई उपचारका लागि सदरमुकाम स्थित अस्पताल पुरयाएकी थिइन । कल्पनाको शरीरमा रक्तअल्पता भैसकेको थियो । कल्पनाको शरीरमा ६ मिलीग्राम डेसीलिटर मात्र हेमोग्लोविन थियो । चिकित्सकले कल्पनाको शरीरमा निरन्तर रक्तश्राबको ब्यबस्थापन गर्दैै उनको पाठेघरमा अट्किएका सालका टुक्रालाई म्यानुअल भ्याकम एस्पिरेसन गरेर निकालेका थिए ।
भेरी नगरपालिका ७ की १४ बर्षीय गीता अधिकारी पनि असुरक्षित तवरले घरमै सुत्केरी हुन वाध्य भईन् । अभिभावकले गीतालाई अस्पताल नलिई घरमै असुरक्षित सुत्केरी गराएपछि उनको पनि रक्तश्राव रोकिएन । त्यस्तै कुशे गाउँपालिका ७ की २३ बर्षीय गंगा महर पनि घरमै सुत्केरी हुन वाध्य भईन् । उनले जन्माएको शिशुको नाभी काट्न पनि ह“सियाकै प्रयोग गरिएको थियो । जबरजस्त घरमै सुत्केरी भएकी महरको निरन्तर रक्तश्राव भैराख्यो । सुत्केरी पछि रक्तश्राव नरोकिंदा उनीहरु तीनै जना अस्पताल पुग्न वाध्य भए । यिनीहरु त प्रतिनिधी उदाहरण मात्र हुन् । पुन, अधिकारी र महर जस्तै जाजरकोटका सयौं महिला घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने बाध्यता छन् । शिक्षाको कमी, भौगोलिक विकटता, चेतनाको अभाव, गरीवी, गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च नहुनु लगायतका कारणले बर्षेनी ६० प्रतिशत महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र ४० प्रतिशत महिलाहरुले मात्र अस्पताल तथा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेका अस्पतालकी पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिनु दिइन् ।
स्वास्थ्य संस्था बाहिर असुरिक्षत सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा रहेको श्रेष्ठको भनाइ छ । एक बर्षको अबधिमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा ४० प्रतिशत अर्थात १ हजार ४ सय ७७ महिलाहरु मात्र सुरक्षित सुत्केरी सेवा पाएका छन् । यो दर एक दमै न्युन रहेको छ । नियमित गर्भ जा“च नगराउने र ब्यथाले चापे पछि मात्र अस्पताल पुग्ने तथा घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहेको छ । घरमै जबरजस्ती असुरक्षित सुत्केरी हुने र अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउनेको संख्या बढ्दो रहेको अस्पतालले जनाएको छ । घरमै असुरक्षित सुत्केरी भएका ४ जना महिलाले अकालमै ज्यान गुमाएका अस्पतालले जनाएको छ ।
सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोतसहान रकम समेत दिदै आएको छ तर घरमा नै असुरक्षित सुत्केरी हुने महिलालाई भने यो कार्यक्रमले छुन सकेको छैन् ।