आर्थिक

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा सम्पन्न

By Bala Adhikari

June 26, 2021

काठमाडौं । सर्वोत्तम सिमेन्टको कम्पनिले विषेश साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणमा लगानीकर्तालाई २० प्रतिशत लाभांशसहित ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० ः १२.९० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने निर्णय गरेको हो ।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ । त्यस्तै सभाले आ.व.२०७६÷०७७ सम्मको मुनाफावाट हालको चुक्ता पुंजी को १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णयसकेच गरेको छ।