कभर स्टोरी

अमेरिकामा कोरोना संक्रमितको हुनेहरु ३ करोडमाथि

By Bala Adhikari

June 27, 2021

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२६, जुन) मा ४ लाख ५१ हजार २८२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ३४५ जना मात्र कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २५, जुनमा ८ लाख २६ हजार २६९ जनाको नमुना परीक्षण गर्दा १५ हजार ६०५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (२६, जुन) मा कोरोना भाइरसको संक्रमणबाट १५० जना व्यक्तिको मृत्यु भएको छ । २५, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ३९४ जनाको मृत्यु भएको थियो । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ८९ लाख १२ हजार ९०६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ ।

नेपाली समय अनुसार असार १३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ५७ हजार २९५ जना छन् । नेपाली समय अनुसार असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ३४ लाख ५७ हजार ६७४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड २० लाख ८ हजार ३९३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड २० लाख ८ हजार ३९३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १९ हजार ३४३ जनाको मृत्यु भैसकेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड १५ लाख ३२ हजार ९१४ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ३२ हजार ४५० जना छन् ।