कभर स्टोरी

नेता पौडेल कॉंग्रेस जीताउन दौड़धूप गर्दै,,,

By Bala Adhikari

September 13, 2017

असोज दुई गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनकालागि नेपाली कांग्रेसका शीर्ष नेताहरु तराई झरेका छन् । तराईका ८ जिल्लाका १ सय ३६ स्थानीय तहको निर्वाचनमा जनताका घर घरमा पुगि नेताहरुले आफ्ना उम्मेदवारहरुलाई भोट मागि रहेका छन् । नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवापनि आज मात्रै तराईका जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई भोट माग्न केहि दिन उतै बस्ने गरि जानु भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपनि हिजो मात्रै विपी राजमार्ग हुँदै महोत्तरी, सिराहा हुदै सप्तरी पुग्नु भभएको छ ।

महामन्त्री डा. सशाकं कोइराला लागएतका अन्य केन्द्रिय नेताहरु पनि तराईका जिल्लामा रहेका गाउँ पालिका र नगरपालिका केन्द्रित आमसभाहरुलाई संवोधन गर्न व्यस्त बनेका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले आज मात्रै सप्तरीका ७ वटा स्थानीय तहमा आयोजना गरिएको आमसभालाई संवोधन गर्नुभएको छ । उहाँले तिलाठीकोलाडी गाउँपालिकाको चुनावी सभालाई संवोधन गर्दै विगत देखि रहँदै आएको नेपाल भारत सिमानामा देखिने समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभयो । उहाँले नेपाली कांग्रेसले स्थानीय तहमा जित हातपारेपछि जनताका दैनिक काम कारबाहीमा ढिला सुस्ती हुन नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।

पौडेलले कांग्रेसका उम्मेदवाहरुलाई जिताउन आग्रह गर्दै हनुमान नगर कन्कालिनी नगरपालिका, सुरुङगा, सम्भुनाथ, अग्नी सायर , कृष्ण श्रवण, तिरहुती गाउँपालिकामा पनि संवोधन गर्नुभएको छ । नेता पौडेल तराईका ८ जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, महोत्तरी, बारा र पर्सा जिल्लामा आयोजना हुने आमसभालाई संवोधन गर्ने गरि काठमाडौबाट जानु भएको हो । तर स्थानीय तहका उम्मेदवार र कार्यकर्ताहरुले प्रत्ययक स्थानीय तहमा आमसभा गर्नुपर्ने गरि कार्यक्रम तय गरेपछि नेताहरुको कार्यव्यस्तता झनै बढेको छ । कांग्रेसका नेताहरु आगामी ३० गते मौन अवधि सुरुहुनु भन्दा पहिले सवै ठाउँमा आमसभालाई संवोधन गरेर फर्कने बताएका छन् ।