खेलकुद

भुटानलाई पछि पार्दै नेपालको सहज जित

By Bala Adhikari

September 13, 2017

२८ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको दोस्रो खेलमा नेपालले सहज जित हासिल गरेको छ ।

मलेशियामा बुधबार विहान भएको उक्त खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलाई ५० रनमै समेट्दै जित हात पारेको हो ।

नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै ९ विकेटले खेल जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।

भुटानका तर्फबाट उगेन दोर्जी (१३) र तासी फुन्सो (१६)ले मात्र दोहोरो अंक जोड्न सफल भए भने नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

भोलि मलेशियाको क्लव अमानमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।