काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि ठूलो पहिरो खसेपछि यातायात पूर्ण रुपमा बन्द भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने ठाउँमा शनिबारराति ठूलो खसेपछि यातायाताका सेवा बन्द भएका हुन् । राति पहिरो खसेपछि दुवैतिर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ गइएको छ । तर, ठूलो पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै यातायात सुचारु भएको थियो । गत बिहीबारदेखि अविरल वर्षा भइरहेकाले यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।