काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीको हकप्रद सेयर आगामी साउन ५ गतेबाट आउँदै छ । कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको सो हकप्रद सेयरमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको हकप्रद सेयर एक बरारबर एक अनुपातमा निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित हकप्रद सेयरमा कम्पनीका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले आवेदन धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै, मेरोसेयर सफ्टवेयरमार्फत् आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।