कभर स्टोरी

फेरि एलपी ग्याँससहित पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

By Bala Adhikari

July 07, 2021

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले बंगलबार बेलुका एक सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागु हुने गरी मंगलबार साँझ एक सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँससहित पेट्रलियम पदार्थमा मूल्य बृद्धि गरेको छ ।

समायोजन मूल्यमा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो । अब ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर १ हजार ४२५ रुपैयाँ पर्ने छ । त्यसैगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर ८४ रुपैयाँ पु¥याइएको जनाइएको छ ।