कभर स्टोरी

नेपाली कांग्रेस १४ औं महाधिबेशनमा डा.महत महामन्त्रीका सशक्त दावेदार

By Bala Adhikari

July 07, 2021

नेपाली कांग्रेस १४ औं महाधिबेशनमा डा.महत महामन्त्रीका सशक्त दावेदार बौद्धिक र शालिन लोकतन्त्रवादी काँग्रेस नेताको लोकप्रिय छवि बनाइसकेका पूर्वमन्त्री डा.प्रकाश शरण महत हाल नेपाली कांग्रेस पार्टीका केन्द्रीय सह–महामन्त्री हुन् । यद्यपि यति भनेर मात्र उनको परिचय पूर्ण हुँदैन । नेपाली काँग्रेसको पार्टी राजनीतिमा एउटा बौद्धिक व्यक्तित्व, उन्नत संगठनकर्ता र आमकाँग्रेसी कार्यकर्ताहरु बीचमा लोकप्रिय छवि बनाउन सफल डा.महतको जन्म आमा टोलकुमारी र बाबु खड्गबहादुर महतको कोखबाट नुवाकोट जिल्लाको कविलास–८ मा वि.सं.२०१६ साल कार्तिकमा भएको हो ।

संयुक्त राज्य अमेरिकाको  प्रतिष्ठित बिश्वबिध्यालय बाट अर्थशास्त्रमा विद्यावारिधि पीएचडी उपाधि हासिल गर्न सफल भएका डा.महतले २०३६ सालदेखि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र २०४० देखि २०४४ सालसम्म नेविसंघको महामन्त्रीको पदमा निर्वाचित भएर आफ्नो राजनीतिक जीवनलाई गतिशील बनाउन थालेका हुन् । डा महतले पञ्चायतकालमा पकट–पटक जेलजीबन  समेत बिताइसकेका छन् ।

बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट प्रेरित डा.महतले सानै उमेरदेखि राजनीतिक जीवन शुरु गरेका हुन् । वि.सं.२०२९ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय डा. महत काठमाडौंको शान्ति विद्यागृहमा अध्ययन गर्दाकै क्रममा पहिलो पटक राजनीति गिरफ्तारीमा परेका थिए । त्यसपछि उनले विद्यार्थी जीवनको राजनीतिक गतिविधिकै कारण पटक–पटक जेलजीबन बिताउनु परेको थियो ।

बि.सं.२०३२ सालमा जेल परेर छुटेपछि डा. महतले २०३३ सालमा महाराजगन्जस्थित आफु अध्याानरत कलेजको इकाइ सभापति बनेर निर्दलीय पञ्चायत व्यवस्थाका बिरुद्धको आन्दोलनमा सक्रिय मात्र भएनन्, बिरोधका विभिन्न कार्यक्रमहरुमा समेत सशक्त भूमिका निर्बाहा गरेका थिए । बाल्यकालदेखि नै पञ्चायत बिरुद्धको राजनीतिमा लागेका डा.महतले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार, राष्ट्रिय योजना आयोगको सदस्य, परराष्ट्र राज्यमन्त्री र उर्जामन्त्रीको जिम्मेवारी समेत सफलतापूर्वक सम्हाली सकेकाछन्।

भर्खरै संचालनमा आएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यसै हप्ताबाट बिजुली उत्पादन गर्न शुरु गरिसकेको छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजना आजभन्दा १० वर्ष अगाडि डा.महत ऊर्जामन्त्री भएको बेला अगाडि बढेको थियो । त्यस बेलासम्म आयोजना स्थलमा पुग्ने बाटो थिएन।बाटो निर्माणको लागि ठेगदारले आनाकानि गरेर वर्षौं झुल्यााएपछि डा.महतलेनै उक्त बाटोको ठेक्का रद्द गराएर आर्मीले टेकओभर गरी बाटो जोडेपछि बल्ल ठेक्का लगाउने परिस्थिति निर्माण भएको थियो । त्यस कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कामलाई शुरु गर्न डा.महतको महत्वपूर्ण योगदान रहेको छ ।

उनी मन्त्री हुँदा आफ्नो क्षेत्राधिकारभित्र पर्ने थुप्रै महत्वपूर्ण काम गरेर विकासवादी नेताको छवि स्थापित गराइसकेका डा.महत नेपाली काँग्रेस पार्टीको केन्द्रीय सदस्य रहेर लामो समय काम गरिसकेका छन् । काँग्रेस नेता डा.महतले आफ्नो जीवनको अधिकाँश समय काँग्रेस पार्टीको राजनीतिक सशक्तिकरण र समृद्धिका लागि समर्पित गरेका छन् ।

२०६० सालदेखि २०७३ सालसम्म नेपाली कांग्रेसको निरन्तर केन्द्रीय सदस्य रहिसकेका डा.महत ३०७३ सालमा सम्पन्न कांग्रेसको तेर्हौ महाधिबेशनपछि भने सह–महामन्त्रीको भूमिकामा रहेर जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । राजनीतिक रुपमा शासन–ब्यबस्था परिवर्तनका लागि देशमा भएका बिभिन्न चरणका लोकतान्त्रिक आन्दोलनहरुमा सधैं अग्रपंतिमा रहेर नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेका डा.महत नेपाली काँग्रेस पार्टीको एकमना सरकार र काँग्रेस नेतृत्वको सरकारमा पटक–पटक मन्त्री समेत भइसकेका छन् ।

नेपालको अर्थ राजनीति र परराष्ट्र नीतिको गहिरो अध्ययन गरेका काँग्रेस नेता डा.महत नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलनमा राख्न र राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन दख्खल राख्ने मात्र होइनन् सिद्धहस्तनै मानिन्छन् । आफ्नो जीवनको उर्जाशील उमेर र बौद्धिक क्षमतालाई नेपाली काँग्रेसको राजनीतिक संगठन निर्माण, सशक्तिकरण र स्तरीकरण (शिक्षा, ज्ञान, सीप र अनुभवमा खर्चिएका डा.महतको नेपाली कांग्रेस पार्टीलाई मजबुद बनाउन महत्वपूर्ण योगदान रहँदै आएको छ ।

उनै डा. प्रकाश शरण महत नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीको सशक्त उम्मेदवार बनेर आम कार्यकर्ताहरु बीचमा उपस्थित हुँदै छन् । नेपाली काँग्रेसमा लगाब, योगदान, भूमिका, अध्ययन, अनुभब र क्षमताको आधारमा हेर्ने हो भने डा.महत पार्टी सभापतिको नेतृत्व लिनका लागि समेत काबिल ब्यक्तित्व हुन् भन्ने कुरामा देशभरिका आमपार्टी कार्यकर्ताहरु एकमत रहेको पाइन्छ ।

यद्यपि पार्टीभित्र उनी भन्दा वरिष्ठ (सिनियर) ब्यक्तित्वहरु भइरहेको अवस्थाका कारणले मात्र डा.प्रकाशशरण महत नेपाली काँग्रेसको महामन्त्री पदका लागि उम्मेदवार बन्न राजी भएका छन् ।  नेपाली कांग्रेसको सह–महामन्त्रीको भूमिका निर्वाह गरिरहेकाले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुलाई स्वाभाविक दावी हो भन्ने मान्यता आम काँग्रेसजनहरुमा व्याकप रुपमा रहेको पाइन्छ ।

यसैका आधारमा भन्नुपर्दा सालिन, भद्र र बौद्धिक व्यक्तित्वका धनी डा.महतको नेपाली काँग्रेसको १४औं महाधिबेशनमा महामन्त्री पदमा जित प्रायः सुनिश्चित देखिन्छ । नेपाली काँग्रेसको १४औं महाधिबेशनमा बिभिन्न गुट, उप–गुटबाट महामन्त्री पदको दौडमा दर्जनौ आकांक्षीहरु रहेका भए पनि डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बन्ने निश्चित भएकाले उनले नै सो पदमा बाजी मार्ने देखिन्छ ।

यस मानेमा उनी नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशनका प्रभावशाली सशक्त उम्मेदवार मात्र नभएर्, अन्य आकांक्षीहरुसँग तुलना नै हुन नसक्ने व्यक्तित्व समेत हुन्।  उनको आवद्धता पाउने काँग्रेसको संस्थापन समूहले समेत गौरव गर्ने महामन्त्रीका उम्मेदवार हुन् भन्दा अतिउक्ति नहोला । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा महामन्त्रीको बलिया खम्बाको रुपमा रहेका डा.महत पार्टीको सिद्धान्तप्रतिको निष्ठा, जिम्मेवारीप्रतिको इमान्दारिता, कामप्रतिको बफादारिता, पदीय गरिमाको परिपालक हुन् भन्ने कुरा आम काँग्रेसजनहरुमा घामजत्तिकै छर्लङ्ग छ ।

डा.महतप्रति तुलनात्मक रुपमा बढी नै आशा, भरोसा र विश्वास पनि रहँदै आएको हुँदा उनको जितका लागि लोकसत्ता टीमको पनि अग्रिम शुभकामना छ।