कभर स्टोरी

मलेसियामा देखिएको भेरियन्ट अहिलेसम्मकै घातक

By Bala Adhikari

July 08, 2021

काठमाडौं । कोरोनाको डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा फैलिएको थियो । यसको फैलावट पछि सयभन्दा देशमा पुग्यो । कोरोनाको दोस्रो लहरले भारतलाई लगभग तहसनहस नै बनायो । अहिले मलेसिया फौलिएको लाँबड भेरियन्ट डेल्टा भेरियन्टभन्दा कयौं गुणा भातक भएको विज्ञको ठम्याई छ ।

मलेशिया देखिएको लाँबड भेरियन्टबारे त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट चार हप्ताभित्र ३० भन्दा बढी देशमा फैलिसकेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाइ छ । लांबडा स्ट्रेन सबभन्दा पहिले पेरूमा देखिएको थियो । पेरू कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने देशहरुको सूचीमा पर्छ । दक्षिण अमेरिकी देश चिलीमा पनि लाँबडा भेरियन्ट देखिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लाँबडा भेरियन्टबारे गम्भिर चिन्ता जनाएको छ । यो भेरियन्टले तिब्र गतिमा संक्रमण मात्र फैलाउँदैन एन्टिबडीलाई समेत प्रभावित पार्ने डब्ल्यूएचओले बताएको छ । बेलायतका विज्ञहरुका अनुसार लांवडा भेरियन्टले खोप लगाएका मानिसहरुमा समेत असर पार्न सक्ने बताइन्छ ।  विश्वभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो समय १९ लाख ७ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ४५ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

६ जुलाईमा १६ लाख ४७ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा ४३ हजार ९५७ जना कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टा (७, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ८१४ जनाको निधन भएको छ । ६, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट ९३० जनाको निधन भएको थियो । असार २४ गते सम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ८ हजार ९२ जना छन् ।

भारतमा २ करोड ९८ लाख ३६ हजार ७० जना संक्रमणबाट निको भइसकेका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६६ हजार ९६८ जना छ । यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४४ हजार १०३ जना कोरोना मुक्त भएका छन् । असार २४ गतेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५ हजार ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।