काठमाडौँ । नेपाल सरकारले खरिद गरेको कोभिडविरुद्धको आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो पटक आठ लाख डोज मात्र खोप आइपुगेको हो । पहिलो पटकमा आठ लाख डोज खोप मात्र आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
नेपालले चीनको साइनोफार्म कम्पनीबाट नेपालले ४० लाख डोज खोप खरिद गरेको छ । पहिलो पटकको खोप लिन नेपाल वायुसेवा निगमको विमान नेपालबाट चीन गएको थियो । फेरि दोस्रो पटकको पोख लिनका लागि आगामी असार ३१ ग्ते नेपाल वायुसेवा निगमको विमान नेपालबाट चीन जाँदै छ । त्यसैगरी तेस्रो पटकको खोल्याउन निगमको जहाज साउन ७ गते नेपालबाट चीन जाने भएको बताइएको छ ।