कभर स्टोरी

सर्वोच्च अदालतको यो फैसला इतिहासमै महत्वपूर्ण हो : अध्यक्ष दाहाल

By Bala Adhikari

July 12, 2021

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको यो फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । सर्वोच्च अदालतको फैसला आएपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिएका छन् ।

उनले अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको भन्दै खुलेरै प्रसंशा गरे । उनले आफ्नो पार्टी र गठबन्धनको तर्फबाट पनि र सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई बधाई र धन्यवाद दिन भ्याए ।

प्रचण्डले अदालतसँग ‘सेटिङ आफूहरुले नभइ केपी ओलीले गरेको र अदालतलाई प्रभाव पार्ने काम पनि ओलीले गरेको तर्क अघि सारेका छन् । पटकपटकको संसद् विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थितिमा जनताको जीतको रुपमा यो फैसला आएको बताएका छन् ।