काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवास माधवकुमार नेपालको निवासमा पुगेका छन् । देउवा साँझ ५ बजे विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन नेपाल निवास कोटेश्वर गएका हुन् । आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
योसहित सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनस्र्थापना गरेको हो । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । अदालतको फैसला आएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा बैठकका लागि जम्मा भएका हुन् ।