कभर स्टोरी

नेबिसंघबाट नेपाली कांग्रेसको राजनीतिमा उदायका खाँड गृहमन्त्री

By Bala Adhikari

July 14, 2021

काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका खाँण नेविसंघको अध्यक्ष समेत भइसकेका हुन् । त्यसपछि उनी तरूण दलको अध्यक्ष समेत भएका थिए । २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत चुनाव जितेका भएका थिए । उनी अहिले समानुपातिक सांसद हुन् ।

उनी २०६१ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री भएका थिए । २०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री बनेका खाँण २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए । खाँणलाई मंगलबारै राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीको सपथ खुवाएकी छन् ।

गत सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेश अनुसार खाँड देउवा सरकारको गृहमन्त्री बन्न सफल भएका हुन् । पटकपटक चुनाव जित्न सफल खाँड नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।