कभर स्टोरी

चिनीयाँ भेरोसेल खोप सकिएकाले खोप कार्यक्रम स्थगित

By Bala Adhikari

July 16, 2021

काठमाडौं । चीनबाट ल्याइएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ । भेरोसेल खोप सकिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिए तापनि मौज्दात खोप सकिएकाले अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको जारी विज्ञप्तिमा जनाइएको छ । अहिलेलाई खोप सकिएपनि आगामी साता चीनबाट ३० लाख डोज खोप नेपाल आउँदै छ । त्यसपछि फेरि खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।