आर्थिक

कामना सेवाको नाफामा ह्वात्तै बृद्धि

By Bala Adhikari

July 18, 2021

काठमाडौं । आर्थिक वर्ष सकिएलगत्तै लेखा परीक्षण नगरिएको वित्तीय विवरण प्रस्तुत गरेको कामना सेवा विकास बैंकले खुद नाफामा छलाङ मारेको छ । दुई अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले खुद नाफा ४८५ प्रतिशत हाराहारीले बढाएको हो ।

बैंकल खुद नाफा ७० करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष नाफा ११ करोड ९७ लाख रुपैयाँ थियो । बैंकको व्यापारसँगै पुरानो डुबेको ऋण उठेका कारण नाफामा उल्लेख्य प्रगति देखिएको हो । अघिल्लो वर्ष बैंकले ३१ करोड ५७ लाख रुपैयाँ नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गरेको थियो । यसपाली १३ करोड ९३ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी ३० प्रतिशतले बढेको छ । आम्दानी एक अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो । बैंकले व्यापार करिब ५० प्रतिशतले बढाएको छ । ग्राहकलाई दिएको ऋण ३८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बैंकले फी, कमिसनजस्ता आम्दानीमा पनि सुधार गरेको छ । प्रति सेयर आम्दानी २६.४ रुपैयाँ छ ।