काठमाडौं । कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय ५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको दर १ दशमलब ५ प्रतिशत रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।
अहिले देशभर गरी २२ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ५ सय ६१ जना आईसीयूमा छन् भने १ सय ६५ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइ घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट निको हुनेको दर ९४ दशमलब ७ प्रतिशत रहेको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।