कभर स्टोरी

प्रधानमन्त्री शेरबहादुर देउवालाई बहुमत : पक्षमा १६५ मत, विपक्षमा ८४ मत 

By Bala Adhikari

July 19, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले सात दिनपछि संसदको पहिलो बैठकबाट विश्वासको मत पाएका हुन् ।

आइतबार प्रतिनिधिसभामा उपस्थित २४९ जना सांसदमध्ये १६५ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । विपक्षमा भने ८३ मत मात्र खसेको थियो । हुन्न भन्ने पक्षमा १ मत खसेको थियो ।

नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रय जनमोर्चा पार्टी, एमाले ओली र माधव कुमार नेपाल समुहका केही सांसदहरुले विश्वासको मत दिएका थिए ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ७ जेठको मध्यराति प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसपछि असार २८ मा सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनस्र्थापित गरेको थियो ।