भदौ ३० । सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।
चुनावी आचारसंहितालाई ख्याल गर्दै सरकारले काम गरेको उनले बताए । निर्वाचन आयोगको आचारसंहिता बिना सरकारले कुनै पनि काम नगरेको उनको भनाई छ । आचारसंहिता कार्यान्वयनमा सरकारले मद्दत गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता हुने बताए ।
सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक रहेको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताए । आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक रहेको उनले भने ।