हाम्रो र राम्रो एनआरएनलाई जिताऔ: बाबुराम
यही आउदो जुलाइ ३१ तारिखमा आयोजना हुने एनआरएन अस्ट्रेलियाको निर्वाचन अगावै पतिस्पर्धी बनेका हाम्रो र राम्रो एनअराएन टोलीका अभियन्ता बाबुराम गौतमले प्रतिस्पर्धामा युवा पुस्ताका प्रतिनिधी अनिल पोखरेललाई वाटो प्रसस्त गरिदिएका छन । निकै प्रतिस्पर्धात्मक निर्वाचनमा डा ज्ञानेन्द्र रेग्मी समुहवाट मैदानमा उत्रिएका बाबुले यस कार्यकालमा एनआरएन अस्ट्रेलियालाई उचाइमा पुरयाउन महत्वपुर्ण भुमिका खेल्ने चार्टड एकाउन्टेन्ट समेत रहेका कोषाध्यक्ष अनिल पोखरेलविरुद्ध उमेदबारी फीर्ता लिने निर्णय गरेको बताए । हाम्रो भनेको सबैको र राम्रो भनेको सबैको प्रीय भन्ने मैले बुझेको छु, यसैले पनि हामी सबैको एनआरएन बनाउदै गर्दा जुनै समहवाट आएपनि राम्रो मान्छे छुट्नु हुदैन भन्ने हाम्रो मान्यता हो । त्यसैले पनि पछिल्लो कार्यकालमा वाहावाही कमाएका अनिललाई बाटो छेक्नु हुदैन भन्ने निष्कर्षमा पुगे र सबै साथीभाइको सुझाब र सल्लाहमा मैले उमेदबराी फीर्ता लिने निर्णय गरेको हुँं , बाबुरामले सुनाए । बाबुरामले अगाडि भने, परोपकारी अभियानमा जुटेका युवा पुस्तालाई निर्वाचन अनि प्रतिस्पर्धाको राजनिती भित्र ल्याउदैगर्दा उनिहरु हतोत्साहि हुन सक्छन भन्ने सोचका साथ मैले पद बिनापनि यो अभियानमा सामेल हुने निर्णय गरेको हुँं, उनले उमेदबारी फीता लिइसकेपछि भने । यता कोषाध्यक्षमा निर्विरोध भएका अनिल पोखरेलले आफुले बाबुदाइले छाडेको अपुष्ट खबर पाएको बताउदै भने , बास्तबमा यो उहाको जित हो । बाबुराम दाजुले पद बिनानै समाजसेवा र परोपकारी अभियानमा सोमल हुने निर्णय गरेर हामीलाई नैतिक रुपमा परास्त गरिदिनुभएको छ ।