जिल्ला-विशेष

उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दै

By Bala Adhikari

July 22, 2021

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । हप्तादिन अघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन यता बढ्न थालेको छ ।

अहिले दैनिक ७ सयको हाराहारीमा संक्रमित देखिएक छन् । उपत्यकामा पछिल्लो चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । लक्षण नदेखिएका र परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने मन्त्रालयको आंकलन छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको बताइन्छ ।