काठमाडौं । नेपाल वायु सेवा निगमको जहाजद्वारा मलेशियाबाट नेपालीका २४ वटा शव र तीनवटा अस्तु नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकै पटक २४ वटा शव र तीन वटा अस्तु ल्याएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै उनीहरुका आफन्तको जिम्मा लगाइएको छ ।
त्यसैगरी सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप लिन निगमको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने भएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएइरहेको छ ।
गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख डोज खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप जोड खोप ल्याइएको हो ।