आर्थिक

युनाइटेड इन्स्योरेन्सले वार्षिक साधारण सभा डाक्यो

By Bala Adhikari

July 25, 2021

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले साउन ३१ गते २७ औँ वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले अनलाइन भर्चुअल माध्यमबाट सो सभा डाकेको हो । उक्त सभा बिहान ११ बजे शुरु हुने भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

यसका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७÷७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।