काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य जारी गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् ।
अबदेखि ७७ वटै जिल्लामा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन १ गतेको पत्रमा उक्त उल्लेख निर्णय भएको हो ।
साथैे १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई सूचना गरेर खोप दिने भएको छ । खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने छन् ।