काठमाडौँ । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । सन् १९९९ को साग गेम्समा देवीमाया पनेरुले १२ दशमलव २० सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।