कभर स्टोरी

मेलम्चीमा जोखिम भएका घरमा नबस्न आग्रह

By Bala Adhikari

August 04, 2021

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको जोखिम भएका घरमा नबस्न आग्रह गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै उच्च जोखिमका घरमा नबस्न मेलम्चीबासीलाई आग्रह गरेको हो ।

माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ ।

केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्यक काम थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको हो । बाढीले नदी तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याएपछि नगरपालिकाले सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्मका प्रयास भइरहेको छ ।