समाचार

वातावरणमैत्री साइकल र्याली

By Rajesh

August 21, 2022

काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल ¥याली आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा वातावरण सम्बद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को सहयोगमा जनसङ्ख्या, महिला तथा वातावरणीय विकास संस्था र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा वसन्तपुरमा उक्त ¥याली आयोजना गरिएको हो । ¥याली वसन्तपुर, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार, भद्रकाली, शान्तिबाटिका हुदै पुनः वसन्तपुर पुगेर टुङ्गिएको थियो । ‘गाउँदेखि शहर, महिला साइकलको लहर’, ‘साइकल चढौँ, खर्च बचाउँ,’ ‘महिलाको हात साइकलको साथ’, ‘साइकलको यात्रा महिला स्वतन्त्रता’लगायत नाराका विभिन्न प्लेकार्ड र ब्यानरसहित ¥याली निकालिएको थियो । ¥यालीमा महिला नेतृ हिशिला यमी, विभिन्न सामाजिक अभियन्तालगायतको उपस्थिति थियो । महिलाको सहभागिता बढाउनुका साथै वातावरण संरक्षण र विकासमा महिला तथा पुरुष दुवैको समान र सक्रिय सहभागिता बढाउने ¥यालीको उद्देश्य रहेको आयोजक विकास संस्थाका उपाध्यक्ष जगन्नाथ अधिकारीले बताउनुभयो । उहाँले ¥यालीमा लैङ्गिक समानता र वातावरणको संरक्षण तथा विकासबीच समान रूपमा सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।