कभर स्टोरी

नेकाको चियापन अव हरेक प्रदेशमा

By Bala Adhikari

September 19, 2017

काठमाडौँ, असोज ३ । नेपाली काँग्रेसले कोजाग्रत प्रर्णिमामा आयोजना गर्दै आएको दशैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अव भने सम्बन्धित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रमा गर्ने टुङ्गो लगाएको छ ।

मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा क्रियाशीलता देखाउनका लागि नेकाले काठमाडौँमा आयोजना गर्दै आएको चियापान कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकाका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रवासबाट २०३३ सालमा स्वदेश फर्केपछि दशैँको कोजाग्रत पूर्णिमाका दिन सो कार्यक्रम आरम्भ गरेका थिए ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली कांग्रेसले २०३३ साल यता काठमाडौंको विभिन्न स्थानमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम गर्दै आएको थियो । सो शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम अव भने फरक तरिकाले नेकाले गर्ने भएको छ । वी.पी.को विचार र चिन्तनको अनुयायी नेकाले चुनावलाई लक्षित गरेर मात्र प्रदेश अनुसार कार्यक्रम गर्न लागिएको नेकाका एक नेता बताउँछन् ।