कभर स्टोरी

सर्लाहीमा विवादपछि मतगणना स्थगित

By Bala Adhikari

September 19, 2017

सर्लाही, असोज ३ । सर्लाहीको बलरा नगरपालिकामा मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतगणना हाललाई स्थगित गरिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मतगणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो । अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको छ ।

बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको थियो । भारतको सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र हो । त्यहाँ कार्यकर्ताबिच बढ्दै गएको विवादले ठूलो रुप लिएपछि मतगणना हाललाई स्थगित गरिएको हो ।