nc news

‘सन् २०२४ को निर्वाचनमा विपक्षीहरु एकजुट हुने’

By Rajesh

September 15, 2022

पटना, २८ भदौ । बिहारका मुख्यमन्त्री नितिश कुमारले सन् २०२४ को लोकसभा चुनावका लागि विपक्षी हरू एकजुट हुने बताउनु भएको छ । मणिपुरबाट जनता दल–युनाइटेड (जेडेयू) का पाँच जना विधायक सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेको एक दिनपछि शनिबार यसलाई ‘संवैधानिक’ हो कि होइन भनी सरकारसँग प्रश्न गर्नुभएको छ ।

मुख्यमन्त्री नितिश कुमारले भन्नुभयो, “जब हामी एनडीएबाट अलग भयौं, मणिपुरका हाम्रा सबै छ जना विधायक आए र हामीलाई भेटे । उनीहरूले हामीलाई आश्वासन दिए कि उनीहरू जेडीयूमा छन् । हामीले के भइरहेको छ भनेर सोच्न जरुरी छ । उनीहरूले विधायकहरूलाई पार्टीहरूबाट अलग गरिरहेका छन्, के यो संवैधानिक हो ?”

“सन् २०२४ को चुनावका लागि विपक्ष एकजुट हुनेछ”, नीतिशकुमारले भन्नुभयो । शुक्रबार जेडेयूका पाँच विधायक भाजपामा विलय भएपछि बिहारका मुख्यमन्त्री नितिश कुमार र उहाँको पार्टीलाई ठूलो झट्का लागेको छ । भाजपाको विधान सभा सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मणिपुर विधानसभाका सभामुखले संविधानको दशौं अनुसूची अन्तर्गत जेडेयूका पाँच विधायकलाई भाजपामा विलय गर्न पाउँदा खुसी लागेको छ ।

मुख्यमन्त्री नितिश कुमारले भाजपा परित्याग गरी तेजस्वी यादवको राष्ट्रिय जनता दल, काङ्ग्रेस र अन्य पार्टीहरूसँग मिलेर ‘महागठबन्धन’ गठन गरी बिहारमा शासन गरेको केही हप्तापछि पछिल्लो राजनीतिक घटनाक्रम सार्वजनिक भएको हो । घटनाक्रमबारे जानकारहरू भन्छन् भाजपाले हालै बिहारमा भएको घटनापछि जेडीयूमाथि जवाफी हमला गर्ने निर्णय गरेको छ । सन् २०२० मा भाजपा– जेडेयू गठबन्धनमा चुनाव लडे र नितिश कुमारलाई मुख्यमन्त्रीको पद दिएर सरकार गठन गर्नुभयो ।

दुई वर्ष भन्दाकम समयमा नितिश कुमारले आफ्नो छनौटलाई उल्ट्याए र आश्चर्यजनक कदम चालेर बिहारमा ‘महागठबन्धन’ सरकार गठन गर्न आरजेडी र काँग्रेससँग गठबन्धन गर्नुभएको छ ।