आर्थिक

स्थानीय तहमा बैंकको अभावमा समस्या झेल्दै जनता

By Bala Adhikari

September 21, 2017

आठराई तेह्रथुम असोज ५ । तेह्रथुम जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दालाई आर्थिक कारोबार गर्न समस्या भएको छ ।

जिल्लाका विभिन्न तीन गाउँपालिकामा अझै पनि बैंक नखुल्दा त्यहाँका जनताले सास्ती झैल्दै आइरहेका छन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई हुनु समस्या उत्पन्न हुने गरेको छ । निर्वाचनपछि सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्गवाङ्गले बताए ।

बैंकको काम लिएर चार घण्टासम्मको बाटो हिँडेर सदरमुकामसम्म धाउनु परेको बाध्यता रहेको उनको भनाइ छ । जिल्लामा चार गाउँपालिका र दुई नगरपालिका छन् ।