१ मिनेट समय निकालेर पढ्नुहोला !!
- कुनै दिन दुई जना दाजुभाई खोला किनारमा घुम्न गएछन् । झुक्किएर भाईले दाईको खुट्टा कुल्चिएछ । दाईले भाईलाई एक दह्रो झापड लगाएछ । भाईले नोबिलिकन चुपचाप बालुवामा गएर लेखेछ, ‘दाईले आज मलाई पिट्यो ।’ अर्को दिन फेरि दुवै सोही किनारमा घुम्न गएछन् । पौडी खेलेछन् । खोलामा बाढी आएछ । दाईले भाईलाई बचाएछ । त्यसपछि भाईले बढो मेहेनतसाथ ढुंगामा लेखेछ, ‘दाईले आज मलाई बचायो ।’ दाईले भाईलाई सोधेछ , ‘हिजो मैले पिट्दा खेरी बालुवामा लेखिस् । आज मैले बचाउँदा ढुंगामा लेखिस् । किन?’ भाईले जवाफ दिएछ, ‘दाई जीवनमा नराम्रा कुराहरुवालुवामा लेखिनु पर्छ ताकि मेटिएर जाऊन् । राम्रा कुराहरु ढुंगामा लेखिनु पर्छ ताकि सँधै अमर रहुन् ।