मकवानपुर कांग्रेस को रोइलो को बारेमा केही सत्य र यथार्थ परक टिप्पणी गर्न मनलाग्यो अहिले मकवानपुर कांग्रेस मा केन्द्रिय सहमहामन्त्री डिना उपाध्याय र बाग्मती प्रदेश सभापति ईन्द्र बानियाँ निकट साथीहरू को सामाजिक सन्जाल मा पोखिएको जुवारी ले मेरो तिन दशक भन्दा बढी लगानी गरेको कांग्रेस को राजनिती ले केही टिप्पणी गर्न उद्दोलित गरेको छ
शक्ति को घमण्ड गर्ने हरु बिच को कुनै बेला बखत को मिठो निकटता र यस्स्पाली को भित्र वहाँ हरु भन्दा बढी लगानी गर्ने हरु को शृङ्खला बद्द राजनीतिक हत्या का घटना हरु लाई उजागर गरेर निष्ठावान साथिहरु समक्ष पोखिन मन लाग्यो! मकवानपुर मा आफू लाई मात्र शक्ति हु भन्दै स्वर्गीय पुर्ब पार्टी सभापति मंगल नारायण मानन्धर , ईन्द्र बहादुर श्रेष्ठ , बिस्वराज उप्रेती , गोपि कृष्ण गोर्खाली, किशोर अधिकारी नरेन्द्र मिश्र देखि सस्थापक नेता बिष्णु प्रसाद लामिछाने बर्तमान जिल्ला सभापति बुद्द लामा , तारानाथ चौलागाईं नारायण लम्साल प्रदीप कोइराला सम्म को राजनीति अवसान गर्ने एउटा अनुहार को कब्जामा २०४८ साल देखि २०७९ साल सम्म रहेको मकवानपुर कांग्रेस को राजनिती माथी को एकल दादागिरी को बिरुद्द सामाजिक सन्जाल मार्फत कलम चलाउने हिम्मत गर्ने बकैया सभापति दिल ब भोम्जन जि लाई सलाम छ! नेपाली कांग्रेस पार्टी मा जीवन को अति उर्बर समय एक युग करिब तीन दशक भन्दा बढी समय कांग्रेस मा लगानी गरेको म रिता खनाल भरत पराजुली रमेश ढकाल, भिम प्रसाद घिमिरे कर्न ब थिङ, सुजन गोपाली चक्र बहादुर पाटा, बोधराज पन्दित, शेर मान घलान, बिष्णु देबि शाह, मिरा सापकोटा मन्जु खराल नुरमान प्रजा अन्य युवा हरु निरन्जन बर्तौला युबराज थापा , सुरेन्द्र ढकाल लगायत थुप्रै साथीहरू लाई पार्टी बाट बाहिरिनु पर्ने बाध्यात्मक स्थिति सृजना गर्ने राजिनिती पिपाशु हरुको आरोप प्रत्यारोप देखेर दयालागेको छ!मकवानपुर मा २०४८ साल देखि निरन्तर चली आएको खेल हो यो! केन्द्रमा शेर ब देउवा सङ को पहुच मा जिला मा एउटा अनुहार ले मात्र टिकट र अवसर पाइरहने अरु सबै सिनियर र समकक्षी हरुको राजनिती को बलि लिने ! राजनीति मा ब्यबस्थापन नभएपछि जनता र कार्यकर्ता मा भित्र भित्र बिद्रोह हुन्छ त्यो बिद्रोह को ब्यबस्थापन भन्दा पहुँच र शक्ति को आडमा कार्बाही धम्की दिने, आफ्नो अनुकुल का जुनियर मतियार हरु लाई आफ्नो निजि फाइदा हेरि हेरि टिकट दिलाउने, यस्पाली त मोटो रकम मा अमुक गृह मधेसी महिलालाई समानुपातिक कन्फर्म सहित राजनितीक ब्यापारको खुलेआम चरीत्र पनि उदाङ्गो भएकै थियो! अनि के एउटा अनुहार ले रुख चिन्ह लिएर चुनाव लडे भन्दैमा उसैको लागि मात्रै ३० बर्ष सम्म थुप्रै थुप्रै को कत्लेआम राजनिती हत्या गरेर केन्द्रिय पहुच को आधारमा सधै सधै कुम्याएको टिकट को जयजयकार गरेर आफ्नो राजनिती म्रुत्यु को आफै मलामी जानुपर्ने? राजनीति साझा सम्पत्ति हो कसैको निजि कम्पनि होइन! जनता बाट पटकपटक तिरस्कृत शक्ति लाई पाँच दल को गठ बन्दन को ताकत बोकेर तमाम नेपाली कांग्रेस को सिनियर नेतृत्व र सिनियर कर्याकर्ता हरु हेपेको फल हो यो! सक्कली र नक्कली कांग्रेस को पगरी गुदेर जुवारी खेल्नुको कुनै तुक छैन! हामी पनि मकवानपुर मै जिउदो छौ! यहाँ रोइलो खेल्ने कुनै साथीहरू को भन्दा लगानी बढी छ कम छैन ! अहिले पनि बिपिको निष्ठा र आदर्श को मार्ग मै छौ! सधै टिकट र कांग्रेस को राजनिती आफ्नो निजि सम्पत्ति बनाए पछि चुनाव निश्चित हारिन्छ! केन्द्रिय दम्भ र ताकत लाई जनता र न्यायाधीश कार्यकर्ता ले देखाइ दिनु स्वभाविक हो! अनि आफू ले सधै सधै अवसर को भाडो बनाएको, निजि बस्तु र कम्पनी बनाएर
निजि कब्जामा राखेको कांग्रेस मा फेरि आफै लाई हरायो भन्दै एकपछि अर्को लाइछानी छानी होनहार नेता कार्यकर्ता लाई अन्तर्घात को आरोप लगाउदै उस्को राजनीति को तेजोबध गर्न पल्किएको नेतृत्व यसपाली ईन्द्र बानियाँको मुख्यमन्त्री निल्ने गुरुयोजना निक्कै सामाजिक सन्जाल मा पोखिएको प्रतीत भएकोछ सत्य र तथ्यलाई छिचोलेरै लेख्न मन लाग्यो आज मलाइ! यो नाटकिय रोइलो ले दमित पिडालाइ छचल्काएरै छाडयो! यहाँ ईन्द्र बानिया को पक्ष लिएर होइन यथार्थ टिप्पणी गर्न खोजेको मात्र हु! हुनत ईन्द्र बानियाँले पनि बिगत को धरातल भुलेका छन! सत्ता र शक्ति को उन्माद ले उन्ले आफ्नै समकक्षी कुनै साथिको बचाउ हैन तेजोबध नै गरेकाछन! पार्टी जिल्ला सभापति हुदा जिलाको कुनै कार्यक्रम मा सहाभागी हुदा मकवानपुर कांग्रेस को उक्त कार्यक्रम उनी आफू र डिना उपाध्याय को मात्र निजि कम्पनी को कार्यक्रम बन्थ्यो! माइकल रामचन्द्र अर्याल रिता खनाल जयराम लामिछाने भरत पराजुली हरु त्यहा उन्का भासण मा ताली बजाउने दर्शक मात्रै बनाइन्थ्यो! अझै गहिरो बिश्लेसण गर्नुपर्दा ईन्द्र बानियाँआफ्नो अन्तरआत्मले होइन केन्द्र मा उनी भन्दा बलियो पकडभएको शक्ति लाई खुशी पार्दै आफ्नो आगामी राजनीतिक कदम लाई अझ उचो बनाउने कुत्शित स्वार्थ मा हाम्रो राजनितीको बलि चढाउथे! बेला बेला मा मैले ईन्द्र बानियाँलाई भन्ने गरेको थिए बानियाँ जि मंगल् नारायण बिस्वराज उप्रेती देखि श्रृङखलाबद्द मकवानपरेनेता हरु सङै म रिता खनाल सम्म को राजनीति निलेको यो शक्ति ले तपाइँ लाई पनि अवस्य निल्नेछ होस गर्नुस! दम्भ ले बेलुन फुलेझै फुलेका ईन्द्र लाई हाम्रो सल्लाह उपहास गर्थे अझै हामी सबै लाइ कमजोर बनाउदै जस जस लाई मकवानपुर कोकार्यकर्ता र जनताको माझ मा स्थापित गर्दै लैजानु भो आज तिनी हरुका गुरुयोजना मा सामाजिक सन्जाल मा तपाईं लाई सस्थागत अंतर घाती को ठुलो पगरी गुदाएर तपाइको मुख्यमन्त्री को मार्ग अबरोद गर्ने नियोजित योजना मा दिल खोलेर खुचिम पर्यो हाम्रो पाप लाग्यो भनेर ताली बजाइदिउ कि जस्तो पनि लागेको छ फेरि अन्तर आत्मा को अर्को कुना ले सत्य लेख्न र बोल्न बाध्य गर्यो! ईन्द्र बानियाँ ले सत्ता र शक्ति को कत्ती दुरुपयोग गरेर गरेनन आगामी दिन ले तय गर्दै जानेछ! उनमा चढेको दम्भ र उन्माद को दण्ड पनि भोग्दै जानेछन तर एउटा सत्य कुरा के हो भने मकवानपुर मा नेपाली कांग्रेस ले पनि जित्न सक्छ भन्ने कुराको स्थापित ईन्द्र बानियाँको नेतृत्व ले नै गरेको हो! गाउँ गाउँमा मा म कांग्रेस हु भन्ने हिम्मत जगाएर कार्यकर्ता को संरक्षण उनै बानियाँले गरेका हुन! हार्ने हरुले इन्द्र लगायत को टिम ले हरायो भन्ने आवाज बुलन्द बनाएको देखिन्छ तर बानियाँ सबै टिक्डम बाजि खेलेर जितेर त आए तर यी हार्ने हरु ले बानीयालाइ हराउन आफू जित्न भन्दा बढी तागत लगाएको पनि घाम झै छर्लङ्ग छ! अन्तमा मकवानपुर कांग्रेस का सबै साथीहरू जो जो सामाजिक सन्जाल मा रोइलो खेलिरहनु भएको छ तपाइँ सबै साथीहरू माथी नमन गर्दै एउटा बिनम्र आग्रह गर्न चहान्छु यी सदा प्राप्ती को खेल मा लागेका हरु भन्दा अलिक माथी उठेर विशेषणर टिप्पणी गर्नुस यिन्ले कत्ती को दशकौं को राजनिती को बध गरे! बस त्यो तह मा पुगेर विशेषणगर्नुस अनि तपाईं हरु हरुलाई को कत्ती सच्चा कांग्रेस को कत्ती अवसर्बादी भन्ने सत्य र यथार्थको धरातल भेटनु हुनेछ! सतही को होइन गहिराई को विशेषण र टिप्पणी गरौ साथीहरू(रिता खनालको फेसबुकबाट)