काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ।
राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिएकी थिएन्। सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।
राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूले दाबी पेश गर्न सकेका छैनन्। बुहमतनिकट रहेको सत्ता गठबन्धन दलहरूबीच पदीय भागबण्डामा सहमति हुन नसक्दा समय सकिन लाग्दासमेत दाबी पेश हुन नसकेको हो।
सरकार गठनका विषयमा छलफल गर्न शनिबार बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। राष्ट्रपतिले दिएको समयसीमा भित्र सरकार गठन गर्न दलहरु असफल हुने देखिएको छ र थप समयका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने तयारीमा दलहरु छन्। नि
र्वाचनका कुनै पनि दल र गठबन्धनको बहुमत नआएका कारण गठबन्धनकै सरकार बन्ने संभावना छ। तर वर्तमान गठबन्धनमा सुरुमा प्रधानमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्दै गएपछि सहमति जुटन् सकेको छैन। निर्वाचनका ठूलो दल भएको नाताले आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने नेपाली कांग्रेसको अडान छ।
माओवादीले केन्द्रले २३ सिट मात्रै जितेको कांग्रेसलाई आफ्नै पहलमा सरकारको नेतृत्व दिएका जिकिर गर्दै अब सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेपछि सहमति जुट्न नसकेको हो। तर उनीहरुबीच वर्तमान गठबन्धन कै नेतृत्वमा सरकार गठन गर्ने विषयमा भने विवाद छैन।
स्रोतका अनुसार शनिबारको बैठकमा कांग्रेस र माओवादीले दुई-दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको हो। तथापि सुरुमा प्रधानमन्त्री को हुने भन्ने विषय भने जटिल बन्दै गएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने अडान राखेका छन्। कांग्रेसले डेढ वर्ष सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने अडान उनको छ।
तर पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुनुपर्ने कुरामा कांग्रेस सभापति शेरबहादुर देउवा टसमस भएका छैनन्।