e/tk'/, @@ j}zfvM k|d b]pjf / cWoIf bfxfn enfs';f/L ub}{ ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] r'gfjL ;efdf k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf / g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú enfs';f/L ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

nc news

राष्ट्रपतिले दिएको समयसीमा सकिन लाग्दा दलहरु आन्तरिक छलफलमा व्यस्त

By Rajesh

December 25, 2022

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लाग्दा दलहरु नयाँ सरकार गठनका लागि अन्तिम तयारीमा जुटेका छन्। शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा नयाँ सरकार गठनका विषयमा सहमति जुट्न नसकेपछि अहिले दलहरु आन्तरिक छलफलमा जुटेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गरेको नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।

‘अहिले पार्टीकै आन्तरिक छलफलमा नेताहरु जुट्नु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले डिसी नेपालसँग भने, ‘आन्तरिक परामर्शपछि गठबन्धनको बैठक बस्छ।’

आलोपालो सरकार चलाउने विषयमा सहमत भएका कांग्रेस र माओवादीबीच सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

कांग्रेसले ठूलो दल भएको नाताले सुरुमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादीले सुरुमा आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ। दुवै दल आफ्नो अडानबाट टसमस नभएपछि शनिबार बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो।

उता सरकार गठनका विषयमा धारणा बनाउन माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा सुरुमा आफूले सरकारको नेतृत्व नपाए सरकार बाहिरै बस्ने विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार बैठकमा माओवादीलाई सरकार बाहिरै राख्न विदेशी शक्तिले चलखेल गरेको र त्यही अनुसार प्रधानमन्त्री देउवा प्रस्तुत भएको विषयमा छलफल भइरहेको छ।

‘अब माओवादी सरकार बाहिरै बस्ने वा एमालेसँग मिलेर सरकार गठनको पहल गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने।