nc news

पार्टी सभापति र संसदीय दलका नेता देउवाले दुवै पदबाट राजीनामा दिनुपर्छ : घिमिरे

By Rajesh

December 26, 2022

काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर देउवाले दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका छन्। सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै नेता घिमिरेले  देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’