समाचार

नेपाली मिडिया लोकतन्त्र जोगाउनु पर्ने चुनौतिपूर्ण मोडमा रहेको : उपराष्ट्रपति यादव

By Bala Adhikari

May 10, 2025

ललिता साह वैशाख २७ गते काठमाण्डौ उपराष्ट्रपति रामसहाय यादवले नेपाली मिडिया चुनौतिपूर्ण घरीमा छन तर स्वतन्त्र प्रेस विना लोकतन्त्र अधुरो रहने यसर्थ लोकतन्त्रलाई जोगाइराख्न प्रेसको सशक्त भूमिका रहेको भनुभयो ।नेपाल प्रेस युनियनको आयोजनामा लोमान्थाङ अन्तराष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्नुहुँदै वहाँले यस्तो भनुभयो । अक्षुण राख्दै स्वतन्त्र पत्रकारिता गर्नु आजको आवश्यकता रहेको भन्दै लोकतन्त्रमा राजनैतिक विचाधारा स्वभाविक हो तर यसैको आधारमा पत्रकारिता गर्नु लोकतन्त्रमाथि नकरात्मक असर पर्छ । परिस्थिति चुनौतिपूर्ण छ यतिवेला पत्रकारको भूमिका टड्कारो छ । उहाँले भनुभयो । तराई मधेशमा पानीको संकट तथा जलवायु संकटको वास्तविकता र यसको न्युनिकरणबारे पत्रकारिताको माध्यमले उजागर गर्नुपर्छ । नेपाली पत्रकारिता चुनौतिको घरीमा रहेका छ । सामुदायमा आधारित पत्रकारिता प्रबद्धनमा निरन्तर लाग्नुपर्छ । गलत सुचना भ्रमपूर्ण रूपमा फैलाउनु पत्रकारिताको नाममा गम्भीर त्रुटी हो । गलत सुचना रोक्न नैतिक तथा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता आवश्यक छ । नेपालको सांस्कृतिक पहिचान जोगाउन मिडियाले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । प्रेस काउन्सिलले मिडिया क्षेत्रको सम्पूर्ण समस्या गर्न नसकेरै मिडिया काउन्सिल स्थापना गर्ने गरि आम संचार विधेयक ल्याउन लागिएको सुचना तथा संचार प्रविधि मन्त्री पृथ्वीसुब्वा गुरुङ्गले बताउनुभयो । प्रेस स्वतन्त्रतामा / प्रजातन्त्रमा विश्वास गर्ने हामी पूर्ण प्रेस स्वतन्त्रताको निम्ती प्रतिबद्ध रहेको परराष्ट्मन्त्री डाक्टर आरजु राणा देउवाले भनुभयो। यो सम्मेलनले सरकारलाई नागरिकको महत्वपूर्ण एजेण्डामा संवेदनशील निष्कर्ष प्रदान गरिने तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गरिने नेपाल प्रेश युनियनको अध्यक्ष लम्सालले जनाए ।

शनिवारबाट राजधानी काठमाण्डौमा शुरु भएको सम्मेलन आगामी ५ दिन अर्थात वैशाख ३० सम्म चल्नेछ । सम्मेलनमा दक्षिण एशियाका छ राष्ट्रका ११ जना विदेशी वरिष्ठ पत्रकार सहित देशभरिका दुई सय बढी पत्रकार तथा विषय विज्ञको सहभागिता रहनेछ । सम्मेलन अवधिभर विभिन्न शेसन प्रायोजित गरी लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनको असरका एजेण्डा केन्द्रमा राखेर काठमाण्डौ, पोखरा , जोमसोम र लोमान्थाङमा बहस / छलफल तथा घोषणापत्र जारी गरिने आयोजक संस्थाका महासचिव दिलिप पौडेलले बताए ।