कभर स्टोरी

लोकतान्त्रिक गठबन्धन घोषणाका लागि कांग्रेस बैठक

By Bala Adhikari

October 06, 2017

काठमाडौँ, असोज २० । प्रमुख वामपन्थी दलहरुवीच चुनावी तालमेलको घोषणा भएपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गराउने गरि नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा वाम एकताको घोषणापछिको अवस्था, वृहत लोकतान्त्रिक मोर्चा गठन लगाएतका विषयमा छलफल भइरहेको छ । मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगाएतका दलसँग तालमेल गरी आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने भएपछि चुनावका लागी थप रणनिति तय गर्न कांग्रेस केन्द्रिय समितिको वैठक बसेको हो ।

एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ । बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे छलफल भइरहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।