काठमाडौँ, असोज २३ । मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
सो बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निरब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निरब्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए ।