खेलकुद

नेपाललाई हङकङको १९५ रनको चुनौती

By Bala Adhikari

October 13, 2017

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमो हङकङले नेपाललाई १ सय ९५ रनको चुनौती दिएको छ । हङकङका ओपनर जोन अट्किन्सनले सर्बाधिक ७६ रन जोडे ।

१ सय १७ बलको सामना गरेका उनले ९ चोका र १ छक्का प्रहार गरेका थिए । उनलाई ४०/४ ओभरमा सुशान भारीले व्यक्तिगत एकमात्र विकेटका रुपमा पवेलियन फर्काएका थिए । त्यस्तै हङकङका तनवीर अफ्जललले ३८, बबर हयातले २९ तथा वाकिस खानले १४ रन जोड ।

नेपालका सन्दीप लामिछानेले तीन तथा बसन्त रेग्मी र करण केसीले २ विकेट लिए । केहीबेरमा नेपाल लक्ष्य पछ्याउँदै मैदान उत्रनेछ ।