कभर स्टोरी

डा रिजाल स्व:गिरिजा प्रसाद कोइरालाको क्षेत्रमा उमेदवार बन्दै

By Bala Adhikari

October 14, 2017

नेपाली काग्रेसका युवा प्रभावशालि नेता डा मिनेन्द्र रिजाल अव पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी बनेका छन् । अब त्यस क्षेत्रको बागडोर डा रिजालले समाल्ने भएका छन् । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आफू बाँचुञ्जेल चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट यो पटकको प्रतिनिधिसभा सदस्यमा नेता मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका छन् । मोरङमा यो पटक निर्वाचन क्षेत्र निर्धारणमा क्षेत्र नम्बर दुईमा परेको यो क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री नेता सुजाता कोइरालाको प्रस्तावमा डा रिजाल प्रतिनिधि सभा सदस्यका लागि मोरङ २ उम्मेदवार बन्ने निश्चित भएको हो ।

मोरङ्गको क्षेत्र नं २ मा लामो समय देखि कोइराला अभावमा रहेका कार्यक्रर्ता तथा आम जनताले नेता रिजालको आगमनलाई भब्य स्वागत गरेका छन् । डा रिजालको नाम मोरङ २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । कोइराला लड्दा यो मोरङको क्षेत्र नम्बर १ मा थियो ।

कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए । ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए। दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री र कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका कोइराला चुनाव लडेनन ्। त्यसपछि कोइराला परिवारका ज्वाइँ नाता पर्ने कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले यो क्षेत्रमा चुनाव लडेका थिए। रिजालले २ र ४ नम्बरबाट आफ्नो सिफारिस भएको र पार्टीले जहाँ टिकट दिन्छ त्यहीँ आफू लड्ने बताए। मोरङ कांग्रेसका नेताहरुले भने रिजाल नै क्षेत्र नम्बर २ बाट लड्ने पक्कापक्की भएको बताएका छन्।

मोरङ कांग्रेसका नेता कार्यकर्ताहरुको भनाईमा सुजाता कोइरालाको सर्मथनमा रिजाल मोरङ क्षेत्र नम्बर दुईबाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार बन्न लागेका हुन् । प्रतिबन्धीत कालमा नेपाल बिद्यार्थी संघको राजनीतिक पृष्ठभुमीबाट राजनीति सुरु गरेका रिजाल नेपाली कॉंग्रेस का बौद्धिक सुलानेवाले हुन।

गृहजिल्ला मोरङमा सिट खाली नभएपछि उनी निर्वाचन क्षेत्रविहीन थिए। उनको घर भएको ठाउँ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ जहाँबाट कांग्रेसका अर्का प्रभावशाली नेता महेश आचार्य २०५६ देखि नै चुनाव लड्दै आएका छन्। यसअघि २०६४ र २०७० सालमा रिजाल समानुपातिक तर्फबाट संविधान सभा सदस्य चुनिएका थिए। कोइरालापुत्री सुजाता यसपालि समानुपातिकतर्फबाट चुनाव लड्ने तयारीमा छन्।