कभर स्टोरी

निर्वाचनका समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह

By Bala Adhikari

October 24, 2017

काठमाडौँ, कात्तिक ७ । संचार माध्यमलाई जिम्मेवारीपूर्वक निर्वाचन सम्बन्धी स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषण गर्न निर्वाचन आयुक्त इला शर्माले आग्रह गरेकी छिन् ।

राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्मममा निर्वाचन विषयमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले नेपालमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको हँुदा निर्वाचनको संवेदनशीलताबारे पत्रकारलाई पर्याप्त ज्ञान रहेको महसुस आयोगले गरेको बताइन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित तरिकाले सम्पन्न गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले आयोगले विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको छ । सो अवसरमा आयुक्त नरेन्द्र दाहालले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण हुन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्यादित ढंगले निर्वाचन सम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार माध्यम तयार रहेको बताए ।