काठमाडौँ, कात्तिक ९ । तोकेको समयभित्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
अध्यक्ष दाहालले लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास ९ विसं १७४३–१९५५०’ पुस्तक विमोचन गर्दै आज संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गरे ।
उनले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनले अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथाल््न सक्ने र यसमा सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरेका छन् ।
नेकपा(एमाल) का सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशिल अवधारणासहित पन्तले पुस्तक लेखेको बताए । ५५८ पृष्ठको सो पुस्तक उक्त समयको महत्वपूर्ण घटनाको समीक्षामा आधारित छ ।