कभर स्टोरी

९ जना कैदीको मृत्यु

By Bala Adhikari

October 27, 2017

विराटनगर, कात्तिक १० । ४ महिनाभित्रमा विभिन्न रोगका कारण विराटनगरस्थित मोरङ कारागारमा जेलजीवन विताइरहेका कैदीबन्दीले ज्यान गुमाएका छन् ।

विभिन्न रोगका कारण साउन यता ९ जना मृत्यु भएको हो । कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन भन्दा बढी बन्दी थलिएका छन् । विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगबाट थलिएका बन्दीको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा २६ देखि ६३ वर्ष उमेरका रहेका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी लागु औषध दुव्र्यसनीको सजाय भोगिरहेका बन्दी रहेका सबै पुरुष रहेको कारागार प्रशासनले जनाएको छ । विरामी पाँच जनाको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अरु चार जनालाई उपचारका लागि काठमाडौं र भरतपुर ल्याइएको जेलर सापकोटाले जानकारी दिए । अरु १२ जनालाई पनि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

जसमध्ये धेरैलाई श्वासप्रश्वासको समस्या देखिएको हो । कारागारमा ६२ महिला र उनीहरुमा आश्रित ४ बालबालिकासहित ७ सय ५६ कैदी बन्दी रहेका छन् ।