कभर स्टोरी

निर्वाचनमा जनताले आफ्ना विवेकलाई प्रयोग गर्ने : नेता सिटौला

By Bala Adhikari

November 09, 2017

भद्रपुर, कात्तिक २३ । आसन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताले आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आशा व्यक्त गरेका छन् ।

उनले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर मत मागेको र त्यो काम पूरा गरेकाले नै जनताले आफूलाई झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि बनाउने विश्वास व्यक्त गरेका छन् ।

संघीय प्रणालीमा मुलुक गइसकेपछि पहिलो निर्वाचनमा समृद्ध राष्ट्र निर्माण गर्न र जनताको संविधानलाई संस्थागत एवं संरक्षण गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै नेता सिटौलाले यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न रू तीन अर्ब ५० करोडभन्दा बढी रकम राज्य कोषबाट विनियोजन गराएको जानकारी दिएका छन् ।