कभर स्टोरी

इतिहास रच्दै नेपाल, भारत १९ रनले पराजित

By Bala Adhikari

November 12, 2017

काठमाडौँ, कात्तिक २६ । नेपालले अण्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा भारतलाई १९ रनको अन्तरले पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले भारतलाई पराजित गरेको हो ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८५ रन जोड्न सफल भएको थियो । एक सय ८६ रनको लक्ष्यका साथ मैदान उत्रिएको भारत १९ रन अन्तरले पराजित बन्न पुग्यो ।

खेलमा नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ८८ रन जोडेका थिए भने म्यान अफ दि म्याच उनले पूरै ओभर वलिङ गर्दै चार विकेट लिएका थिए ।