कभर स्टोरी

नियम बिपरीत संचालनमा रहेका औषधि पसलमा शिलबन्दी

By Bala Adhikari

November 14, 2017

काठमाडौँ, कात्तिक १७ । काठमाडौंमा नियमविपरीत सञ्चालनमा रहेका दुई औषधि पसलको शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा मंगलबार उपत्यकाको विभिन्न स्थानको अनुगमन गर्ने क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको भेटेपछि शिलबन्दी गरेको हो ।

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीद्वरा शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिइएको छ । पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् । सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि उनले आम उपभोक्तालाई आग्रह गरे ।

मान्छेको जीवन जस्तो कुरामा खेलाची गरी म्याद गुज्रेको औषधी बेची आपर्वाही गर्नेलाई छिटो भन्दा छिटो कानूनी कठघारामा ल्याई कारबाही गरिएन भने यस्ता घटनाहरुले अझ स्थान पाउने गर्दछन् । त्यसैले समयमा नै यसको न्यूनिकरणतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।