माया पन्त जाजरकोट,कार्तिक २९ । आसन्न मंसिर १० मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निबार्चनको चुनावी सरगर्मी जाजरकोटमा बढेको छ । उम्मेद्धारहरु मतदाताको घरदैलोमा भोट माग्न व्यस्त देखिएका छन् । जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेस बिच मुख्य प्रतिस्पर्धा रहेको छ । तर निबार्चनमा नयाँ शक्ति नेपाल, नेकपा माले, संघियसमाजबादी फोरम र राष्ट्रिय पर्जातन्त्र पाटी राष्ट्रबादीले पनि निर्वाचन मैदानमा रहेका छन् । यतिबेला विभिन्न दलका उम्मेदवारले नेता तथा कार्यकर्ता सहित मतदाताका घरघरमा पुगेर भेटघाट गर्न थालेका छन् । विकास, रोजगारी लगाएत चुनावी प्रतिबद्धता व्यक्त गर्दै नेताहरुले भोट माग्न थालेको लहँका गोविन्द ओलीले बताए ।
जाजरकोटमा बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि माओबादी केन्दका सक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसबाट राजीव विक्रम शाह, नयाँ शक्ति नेपालका शेरबहादुर शाही, एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी राष्ट्रबादीका युद्धबीर सिंह, संघियसमाजबादी फोरम नेपालका रतन बहादुर बोहरा विच तिब्र प्रतिस्पर्धा रहेको छ । यस्तै प्रदेश सभा क्षेत्र नं १ क मा बाम गठबन्धनबाट माओबादी केन्का गणेश सिंह र नेपाली कांग्रेसका बेदराज सिंह, नयाँ शक्ति पार्टी नेपालका भक्त बहादुर शाह, संघिय समाजबादी फोरम नेपालका राम प्रसाद पौडेल, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका टेकबहादुर खड्का चुनावी मैदानमा छन् । भने क्षेत्र नं २ बाट बाम गठबन्धनबाट नेकपा एमालेका करबीर शाही र नेपाली कांग्रेसका दिपक जंग शाह, नयाँ शक्ति पार्टी नेपालका महेन्द्र प्रसाद शमा र नेपाल कम्युनिष्ट पार्टी मालेका जनक बहादुर चलाउने बिच तिब्र प्रतिस्पर्धा रहेको छ ।
उम्मेदवारहरुघरदैलो तथा कोणसभाहरु व्यस्थ छन् । प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ निबार्चन क्षेत्र रहेको जाजरकोटमा ८५ मतदान स्थल र १ सय १६ मतदान केन् रहेका छन् । यस्तै कुल मतदाता ८३ हजार ९ सय ३७ छन् ।